प्रेरक प्रसंग : सिफारिस हेर्ने कि गुण ?

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

एकपटक रुसी लेखक लियो टल्स्टोयलाई उनका एक साथीले भने, ‘मैले तिम्रोमा एक साथीलाई कामका लागि पठाएको थिएँ । उससँग प्रतिभाका धेरै प्रमाणपत्र थिए । तर, तिमीले उनीलाई रोजेनौ । मैले सुनेको छु, तिमीले त्यो पदका लागि जुन व्यक्तिलाई रोजेका छौ, ऊसँग यस्तो प्रमाणपत्र थिएन । उसमा कुन त्यस्तो गुण थियो, जसका लागि तिमीले मेरो सिफारिसको उपेक्षा गर्यौ ?’

टल्स्टोयले हाँस्दै भने, ‘साथी, जसलाई मैले रोजेको छु, ऊसँग अमूल्य प्रमाणपत्र छन् । उसले मेरो कोठामा आउनुअगाडि अनुमति माग्यो । भित्र छिर्नुअगाडि खुट्टा ढोकामा राख्यो ता कि बन्द हुँदा अचानक ठुलो आवाज नआओस् । उसका लुगा साधारण थिए, तर सफासुग्घर थिए । उसले बस्नुअगाडि कुर्सी सफा गर्यो । उसमा आत्मविश्वास थियो । उसले मेरा धेरै प्रश्नको ठिक र सन्तुलित जवाफ पनि दिइरहेको थियो । मेरो प्रश्न समाप्त भएपछि ऊ अनुमति लिएर उठ्यो र चुपचाप गयो । उसले कुनै प्रकारको चाप्लुसी या आफूलाई छान्नका लागि सिफारिस ल्याएको थिएन । यिनै गुण र उसको व्यक्तित्वबाट म प्रभावित भएँ । यी यस्ता प्रमाणपत्र थिए जुन धेरै कम मानिससँग हुन्छन् । व्यक्तिमा व्यावहारिक ज्ञान र अनुभव हुनुपर्छ । यस्तो गुणसम्पन्न मानिससँग यदि लिखित प्रमाणपत्र नभए पनि कुनै समस्या हुँदैन । तपाईं नै भन्नुस्, मैले उसको छनोट गरेर ठिक गरेँ या गलत ?’ टल्स्टोयको जवाफ सुनेपछि साथी निरुत्तर भए ।

सुझावित समाचार