प्रविधि कम्पनी साओमीले ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको छ । यसैक्रममा कम्पनीले १४ फागुनमा आदर्शनगर, वीरगन्ज तथा १५ फागुनमा अर्बिट मल, शिवचोक, जनकपुरमा दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टर सञ्चालनमा आएसँगै मधेश प्रदेशका साओमी प्रयोगकर्ताले अब आफ्नै क्षेत्रमा आधिकारिक, गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।
नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्ट फोन, वेयरएबल्स (स्मार्ट वाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी उपकरणको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइनेछ । यहाँ प्रयोग हुने सबै स्पेयर पार्टर्स आधिकारिक (जेनुइन) हुनेछन् ।
यी सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्टर प्रालिले गर्नेछ । टेलिडाइरेक्ट, रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको छ ।
उद्घाटन अवसरमा कम्पनीले विशेष अफरसमेत घोषणा गरेको छ । सञ्चालनमा आएको मितिदेखि एक महिनासम्म ग्राहकले सबै उपकरणमा नि:शुल्क सभिर्सिङ तथा सफ्टवेयर अपग्रेड सेवा पाउनेछन् । साथै वारेन्टीबाहिर रहेका स्पेयर पार्टस् र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट तथा वारिन्टीबाहिरका स्पेयर पार्टस्मा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।
दुवै सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक र मापदण्डअनुसारको सेवा प्रदान गर्नेछन् ।