निर्वाचनमा मिथ्या सूचना : प्रहरीको साइबर सेलद्वारा हालसम्म ३२ जना पक्राउ

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनको समयमा सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाएको आरोपमा ३२ जनालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ। प्रहरीको केन्द्रीय निर्वाचन सेलका अनुसार पक्राउ परेकामध्ये १५ जना हिरासतमै छन्। १७ जना छुटेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। 

पक्राउ पर्नैमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाट १६ जनाा पक्राउ परेका छन्। कोशीमा एकजना पनि पक्राउ परेका छैनन्। मधेश, बागमती र लुम्बिनीमा चार–चारजना, कर्णालीमा दुईजना तथा गण्डकी र सुदूरपचिममा एक–एकजना पक्राउ परेका छन्। 

निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग हुने भएकाले निगरानी र कारबाही भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सुझावित समाचार