खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

सुर्खेतमा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ मा घर बनाउन खनेको खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको तिलागुफा नगरपालिका– ९, चिल्खाया घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ९ मा बस्ने टेकबहादुर कटुवालका सात वर्षका छोरा खेमराज कटुवाल र पाँच वर्षकी छोरी दीपिका कटुवालको मृत्यु भएको छ ।

उनीहरू बस्ने घरनजिकै घर बनाउन खनेको खाल्डोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए । उनीहरूलाई सोमबार साँझ स्थानीयले डुबेको अवस्थामा देखेका थिए।स्थानीयको खबरपछि पुगेको प्रहरीले उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याएको र उपचारमा संलग्न चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार