चेल्सीलाई हरायो आर्सनलले

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

शीर्ष स्थानको आर्सनलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा जित निकालेपछि शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ । आर्सनलले २९ खेलमा ६४ अंक बनाएको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी ५९ अंकसहित दोस्रो स्थानमा रह्यो । चेल्सी ४५ अंकसहति छैटौँ स्थानमा छ । हारपछि पाँचौँ स्थानको लिभरपुलसँगको अंक दूरी घटाउने अवसर चेल्सीले गुमायो । आर्सनललाई जिताउन विल साइबा र जुरिअन टिम्बेरले गोल गरेका थिए ।

See More On

सुझावित समाचार