टिकटकमा खुकुरी देखाएर भिडियो बनाउने थप एक पक्राउ

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

सामाजिक संजाल टिकटकमा खुकुरी देखाएर भिडियो बनाउने थप एकजना पक्राउ परेका छन्।

सार्वजनिक शान्तिसुरक्षामा खलल पुर्याएको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१०, छुवाला घर भई वीरेन्द्रनगर नगरपालिका–१० सूर्यदेव बोर्डिङ स्कुल नजिक बस्ने ३५ वर्षीय चक्रराज हमाललाई सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।

हमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए।

आइतबार मात्रै टिकटकमा खुकरी देखाएर भिडियो बनाउने कालिकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर–१० एयरपोर्ट बस्ने १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई वीरेन्द्रनगर–१० एयरपोर्ट बस्दै आएका १९ वर्षीय असिम साउद र वीरेन्द्रनगर–११ पिपिरा बस्दै आएका १८ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको थियो।

सुझावित समाचार