कर्मचारीको कटौतीपछि पोस्टका सिइओले दिए राजीनामा

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

 ठुलो संख्यामा कर्मचारी कटौती भइरहेका वेला वासिङटन पोस्टका प्रमुख कार्यकारी (सिइओ)ले राजीनामा दिने घोषणा गरेका छन् । कर्मचारीलाई दिएको एक सन्देशमा प्रमुख कार्यकारी विलियम लुइसले अहिले छाड्ने सही समय रहेको बताउँदै पत्रिकाको भविष्य सुनिश्चित गर्न ‘कठिन निर्णय’ गरिएको बताए ।

आर्थिक समस्या जनाउँदै एक साताअघि मात्र पत्रिकाले आफ्नो कार्यबलको एकतिहाइ कर्मचारी कटौती गर्ने घोषणा गरेको थियोे, जसका कारण खेलकुद र अन्तर्राष्ट्रिय समाचारको कभरेज नाटकीय रूपमा भयो । धेरै पत्रकारले उक्त निर्णयको निन्दा गरे र पोस्टका अर्बपति मालिक जेफ बेजोसको आलोचना गरे । तर, कार्यकारी सम्पादक म्याट मरेले कटौतीले ‘स्थिरता’ ल्याउने बताए ।

डाउ जोन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत र वाल स्ट्रिट जर्नलका प्रकाशक लुइसलाई २०२३ मा वासिंटन पोस्टमा नियुक्त गरिएको थियो । पत्रिकामा आर्थिक घाटा उल्ट्याउने प्रयास गर्दागर्दै उनले ग्राहक र कर्मचारीबाट आलोचनाको सामना गर्नुपरेको थियो । गतवर्ष अखबारको प्रमुख वित्तीय अधिकृतको रूपमा सामेल उएफ डी’ओनोफ्रियोले कार्यवाहक प्रकाशक र सिइओको रूपमा काम गर्ने पोस्टले भनेको छ ।

गतवर्ष अखबारको प्रमुख वित्तीय अधिकृतको रूपमा सामेल भएका उएफ डी’ओनोफ्रियोले कार्यवाहक प्रकाशक र सिइओको रूपमा काम गर्ने लेविसको प्रस्थानको घोषणा गर्दै पोस्टले भनेको छ । डाउ जोन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत र वाल स्ट्रिट जर्नलका प्रकाशक लुइसलाई २०२३ मा वासिंटन पोस्टमा नियुक्त गरिएको थियो । दैनिकमा आर्थिक घाटा उल्ट्याउने प्रयास गर्दा उनले ग्राहक र कर्मचारीबाट आलोचनाको सामना गर्नुपरेको छ ।

कर्मचारी कटौतीपछि बिहीबार वासिङटन डिसीमा रहेको पत्रिकाको मुख्यालयअगाडि सयौँले विरोध प्रदर्शन गरे । प्रदर्शनमा पत्रिकाका सम्पूर्ण मध्यपूर्वकर्मचारी र किभस्थित युक्रेन संवाददाता थिए । 

सुझावित समाचार