न्युजिल्यान्डमा महँगो विद्यालय पोसाक र सरकारी अनुदान

उच्च सामाजिक–आर्थिक क्षेत्रको एउटा विद्यालयका विद्यार्थीबारे हाम्रो सर्वेक्षणमा लगभग २० प्रतिशत विद्यार्थीले आफ्नो पोसाक किन्ने विषयमा अभिभावक निकै चिन्तित रहेको बताए

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै न्युजिल्यान्डभरका अभिभावकले अनिवार्य विद्यालय पोसाकको मूल्यबारेमा चिन्ता व्यक्त गर्न थालेका छन् । नयाँ पोसाकको मूल्य एकजना विद्यार्थीका लागि लगभग न्युजिल्यान्ड डलर ८० देखि १,२०० भन्दा बढी हुन सक्छ । हो, विद्यालय पोसाकका खर्च भनेको धेरै वर्षसम्म टिक्ने लुगामा लगानी हो र यो लामो समय टिकाउ हुन सक्छ । तर, जीवनयापनमा बढ्दो लागतबिच मध्यम तथा न्यून वर्गका अभिभावक भने महँगो पोसाक शुल्कको चपेटामा परेका छन् । यस विषयमा हामीले एउटा वृहत् अध्ययन गरेका थियौँ । हाम्रो जारी अनुसन्धानले न्युजिल्यान्डमा पोसाक र समानताको जाँच गरेको छ । अध्ययनमा तीनवटा विद्यालयका विद्यालय नेता र विद्यार्थीहरूसँग गरेको अन्तर्वार्ता समावेश छ ।

विद्यालयको ‘इक्विटी इन्डेक्स रेटिङ’ अर्थात् समानता सूचांक दर्जा जे भए पनि हामीले अन्तर्वार्ता लिएका विद्यालयका नेताहरूले पोसाकको लागतले अभिभावक चिन्तित देखिएको बताए । उच्च सामाजिक–आर्थिक क्षेत्रको एउटा विद्यालयका विद्यार्थीबारे हाम्रो सर्वेक्षणमा ६३० जना उत्तरदाताहरूमध्ये लगभग २० प्रतिशत विद्यार्थी आफ्नो पोसाक किन्ने विषयमा अभिभावकहरू निकै चिन्तित रहेको बताए । सर्वेक्षण गरिएका तीन स्कुलमा धेरैजसो विद्यालय कर्मचारीले विद्यालयमा आवश्यक सामग्री किन्न मुस्किल पर्ने केही विद्यार्थी पहिचान गरे ।

 उच्च लागत र समुदायको आशा 
देशमा बहस केवल पोसाकको बारेमा मात्र हुँदैनन् । राजनीति, शक्ति, वर्ग र परम्पराले अनिवार्य पोसाकको बारेमा विद्यालयले गर्ने निर्णयलाई प्रभाव पार्न सक्छ । कुनै पनि राम्रोसँग डिजाइन गरिएको पोसाकले विद्यार्थीलाई कक्षाकोठाका अवरोध समाधान गर्न सहयोग गर्ने विभिन्न प्रमाणले देखाउँछन् । पोसाकमा विद्यार्थीहरू शारीरिक रूपमा आरामदायी, सक्रिय हुन्छन्, आफूलाई फिट भएको महसुस गर्छन् र कक्षा कोठामा सिक्न तयार हुन्छन् । त्यहाँ एक दृढ विश्वास छ कि औपचारिक ब्लेजर र टाई साधारण पोसाकभन्दा राम्रो सहज हुन्छ । यस्तो पोसाकले विद्यार्थीलाई ‘स्मार्ट’ देखाउँछ यद्यपि विद्यालय पोसाकको प्रकारले शैक्षिक उपलब्धिलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ भन्ने कुनै प्रमाण छैन । 

 विद्यालयको पोसाकबारे कसले निर्णय गर्छ ?
न्युजिल्यान्डमा स्कुल बोर्डले विद्यार्थीले लगाउने पोसाक र नियम निर्धारण गर्छन् । नैतिक दृष्टिकोणबाट पनि बोर्डले विद्यालय पोसाकले शिक्षामा अनावश्यक लागत उत्पन्न नगर्ने सुनिश्चित गर्नुपर्छ । स्पष्ट रूपमा बोर्डले पोसाक बनाइने कच्चा पदार्थको लागत नियन्त्रण गर्न सक्दैनन् । तर, तिनीहरूले स्कुल पोसाक र आपूर्तिमा वाणिज्य आयोगको दिशानिर्देश र स्कुल पोसाकसम्बन्धी नियमलाई नियन्त्रण गर्न सक्छन् । नयाँ स्कुल पोसाक सामान्यतया विशेषज्ञ आपूर्तिकर्ताबाट प्रत्यक्ष वा स्कुलमार्फत खरिद गरिन्छ । न्युजिल्यान्डमा ठुला कर्पोरेटदेखि साना पारिवारिक व्यवसायसम्म आपूर्तिकर्ताको व्यापक विकल्प छ ।अहिलेको प्रतिस्पर्धात्मक बजारमा विद्यालयहरूले आयोगको निर्देशनको पालना गरेर मूल्यमा वास्तविक प्रभाव पार्न सक्छन् । यसमा विद्यालयहरूको पोसाकको नियमित समीक्षा गर्नेदेखि आपूर्तिकर्ता गुणस्तर अनुगमन समावेश छ । 

 पोसाक नियम अनुगमन होस्
सबैले स्कुल पोसाक किन्न सक्छन् भन्ने सुनिश्चित गर्न आयोगको दिशानिर्देशमा भरपर्नु मात्र पर्याप्त छैन । पोसाकसम्बन्धी नियमको सक्रिय रूपमा अनुगमन भएको देखिँदैन र अभिभावकबाट आउने गुनासा धेरै छन् । बरु, पोसाक र शिक्षामा पहुँच सुधार गर्न सरकारले थप हस्तक्षेप गर्ने समय आएको छ । आपूर्ति प्रक्रिया सकेसम्म निष्पक्ष छ भनी सुनिश्चित गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड पालन र उचित कानुन लागू गर्न आवश्यक छ । 

संयुक्त अधिराज्यको शिक्षा (विद्यालय पोसाकको लागतबारे मार्गदर्शन) ऐन २०२१ ले विद्यालयहरूले आफ्नो पोसाक नीति र आपूर्तिकर्ता व्यवस्थामा कस्तो विचार गर्नुपर्छ भनेर रूपरेखा प्रस्तुत गर्दछ । यस कानुनअन्तर्गत धेरैजसो पोसाकका कपडा कुनै पनि पसलमा उपलब्ध हुनुपर्छ केवल विशिष्ट खुद्रा विक्रेताबाट मात्र होइन । यस्तो कानुन हाम्रो सन्दर्भमा खासै राम्रो उपाय नभए पनि यसले अधिकारीहरूलाई स्कुल पोसाकको लागत र नीति जाँच र अनुगमन गर्न सहयोग गर्दछ । 

 धेरै पहल आवश्यक
विद्यालय पोसाकको सन्दर्भमा न्युजिल्यान्ड सरकारले धेरै कदम चाल्न सक्छ, जसमा पोसाकको लागतमा अनुदानलाई अझ सुलभ र कम महँगो बनाउने समावेश छ । सरकारले अधिक आवश्यकता भएका विद्यार्थीका लागि स्कुल पोसाक राज्यले उपलब्ध गराउने कानुन बनाउन सक्छ ।हाल कम आय भएका परिवारहरूले वर्क एन्ड इनकम न्युजिल्यान्डबाट अनिवार्य रूपमा ऋण लिनुपर्छ । यसले यी परिवारलाई ऋण फिर्ता गर्दै कम आम्दानीमा निर्वाह गर्न दबाब दिन्छ । सरकारले राष्ट्रिय औषधि खरिद एजेन्सी फरम्याकजस्तै राष्ट्रिय पोसाक थोक खरिददर पनि स्थापना गर्न सक्छ । तर, यो स्कुल पोसाकको लागतको मुद्दामा व्यावहारिक दृष्टिकोण भए पनि यसलाई व्यापक रूपमा समर्थन नहुन सक्छ ।

यसो भनिए पनि सरकारले के निर्णय गर्छ भन्ने कुरा शक्तिको अभ्यासमा पनि निर्भर गर्दछ । यस मुद्दामा सरोकारवाला– विद्यार्थी, विद्यालय, शिक्षक, परोपकारी संस्था र समुदायले आफ्ना स्थानीय राजनीतिज्ञहरूलाई सम्पर्क गर्न आवश्यक छ ताकि उनीहरू यो मुद्दा र सम्भावित समाधानबारे सचेत छन् भनी सुनिश्चित गर्न सकियोस् । विद्यालयस्तरमा बोर्डसँग मानव अधिकारलाई समर्थन गर्ने र विद्यालयको मूल्यमान्यता प्रतिबिम्बित गर्ने विस्तृत एकरुपता कायम गर्ने नीति हुनुपर्छ । तर, विस्तृत समीक्षा प्रक्रियासँगै यो नीति पारदर्शी र अनुकूलन हुनुपर्छ । 


विद्यालयहरूले आवधिक रूपमा आफ्नो पोसाकले विद्यार्थी र समुदायको आवश्यकता पूरा गर्छ कि गर्दैन भनेर जाँच गर्नुपर्छ, जसमा अनिवार्य सामग्रीको संख्या र लागत (उदाहरणका लागि ब्लेजर आवश्यक छ कि छैन) वा विद्यालयले विद्यार्थीको आवश्यकता पूरा गर्न पोसाकका लागि कोष दिने निर्णय गर्छ कि गर्दैन भन्ने कुरा समावेश छ । दृष्टिकोण जेसुकै भए पनि विद्यार्थीहरूको शिक्षामा लगानी अनुकूलन गर्न सकियोस् भनेर स्कुल पोसाकको लागतलाई सम्बोधन गर्नुपर्छ ।
(कन्भर्सेसनबाट)

सुझावित समाचार