युएईमा इरानले गरेको आक्रमणमा एक नेपालीले ज्यान गुमाए

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

इरानले युएईमा गरेको हवाई हमलामा एक नेपालीले ज्यान गुमाएका छन्। युएईस्थित नेपाली दूतावासले एक नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। 

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार एकजना नेपालीको मृत्यु भएको पुष्टि भए पनि उनको नाम खुलेको छैन। युएईको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार एक नेपालीसहित एक बंगलादेशी र एक पाकिस्तानी नागरिकले ज्यान गुमाएका छन्। इरानले दुबई र अबुधावीको विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो। 

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि जवाफमा इरानले अमेरिकी सेनाको बेस रहेका देशहरूमा प्रत्याक्रमण गरिरहेको छ। 
 

सुझावित समाचार