श्री स्टिल्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

श्री स्टिल्स लिमिटेडले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। निकट भविष्यमा आवश्यक प्रक्रिया पूरा गरी सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न लागेको कम्पनीले नबिल इन्भेस्टमेन्टसँग सम्झौता गरेको हो।

सो सम्झौतामा श्री स्टिल्सका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेस्टमेन्टका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेस अग्रवालको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

श्री स्टिल्स पूर्ण स्वचालित प्लान्ट हो, जसले टिएमटी रिबारहरुको निर्माणमा विशेषज्ञता हासिल गरेको छ। श्री स्टिल्स टिएमटी रिबारहरूको उत्पादनको लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रविधिमा आधारित उपकरण रहेको नेपालको पहिलो ब्रान्ड रहेको कम्पनीले जनाएको छ।

सुझावित समाचार