कांग्रेस कार्यकर्ताबाट फेला परेको साढे चार लाख रुपैयाँ निर्वाचन कार्यालयको जिम्मा

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

पार्टीको प्रचार सामग्रीसहित फेला परेको नगद साढे चार लाख रुपैयाँ मोरङ प्रहरीले निर्वाचन अधिकृतको कार्यालयलाई जिम्मा लगाएको छ  ।  

शनिबार राति साढे नाै बजे पार्टीको प्रचार सामग्रीसहित को.१च ७३८  नम्बरको कारबाट  मोरङको २ नम्बर  क्षेत्रमा पर्ने रतुवामाई नगरपालिका ७ स्थित जामवाडीबाट फेला पारको चार लाख ४९ रुपैयाँ नगद र कांग्रेस उम्मेदवारको प्रचार सामग्री प्रहरीले आवश्यक कारबाहीका लागि सोही क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयलाई  बुझाएको हो । 

मोरङका एसपी  कवित कटुवालका अनुसार शनिबार राति साढे ९ बजे  निर्वाचन प्रचारप्रसार गर्न सामग्री   र नगदसहित कारमा हिँड्दै गर्दा रतुवामाई– ८  का ६४ वर्षीय खडकबहादुर चेम्जोङ, ४५ वर्षीय टेकनाथ घिमिरे र ४८ वर्षीय चक्र नेपालीलाई रास्वापका कार्यकर्ताहरूले पैसा बाँड्न हिडेको भन्दै रोकेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले कारमा चेकजाँच गर्दा नगद चार लाख ४९ हजार रुपैयाँसहित नेपाली कांग्रेसका उम्मेदवार मीनेन्द्र रिजालको चुनाव प्रचारप्रसारका लागि प्रयोग हुने सामग्री फेला पारेको थियाे । 

फौजदारी कसुर नभई आचारसंहिताविपरीत कार्यको आरोप भएकाले बरामद रकम र प्रचार सामग्री इलाका प्रहरी सिजुवामार्फत आवश्य कारबाहीका  लागि ४ नम्बर क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको  बताए । 

सुझावित समाचार