मोरङमा ६० जना उम्मेदवारहरूले मात्र निर्वाचन खर्चका लागि खाता खोलेको जानकारी गराएका छन् ।
निर्वाचन खर्च अनुगमन तथा प्रमुख कोष नियन्त्रक तोयनाथ उप्रेतीका अनुसार शुक्रबारसम्म ९० जना उम्मेदवारहरूले खाता खोल्नका लागि निर्वाचन कार्यालयबाट स्वीकृति लिएको र ६० जनाले बैंक खाता खोलिसकेको जानकारी गराएका छन् ।
‘अझै समय छ, यसैले हामी अझै बाँकी उम्मेदवारहरूलाई बैंक खाता खोल्न फलोअप गर्नैछौँ,’, मोरङका प्रमुख कोष नियन्त्रक उप्रेतीले भने ।
मोरङमा जम्मा ११० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन । बैंक खाताको हिसाबविनै निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारहरूलाई निर्वाचन आयोगले जरिवाना गर्ने चेतावनी दिएको छ ।