प्रियालाई उपाधि

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली अल्ट्रा धावक प्रिया राईले दोस्रोपटक एसिया ट्रेल मास्टर (एटिएम)को उपाधि जितेकी छिन् । हङकङमा भएको एसिया ट्रेल मास्टरमा प्रियाले महिला ७२ किमि नौ घन्टा ५७ मिनेटमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

हङकङकी मान यी चेउङ दोस्रो तथा सिंगापुरकी डेनिङ लो तेस्रो भए । प्रियाले लगातार दोस्रोपटक एसिया ट्रेल मास्टरको उपाधि जितेकी हुन् । उनले यसअघि सन् २०२४ मा पनि एसिया ट्रेल मास्टरको उपाधि जितेकी थिइन् । त्यसवेला नेपालबाट रशिला तामाङले तेस्रो हुँदै कांस्य जितेकी थिइन् । उनी दुईपटक एसिया ट्रेल मास्टर उपाधि जित्ने पहिलो नेपाली धाविका पनि हुन् ।

See More On

सुझावित समाचार