टी–२० विश्वकपमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ। पाकिस्तान र श्रीलंकाबिचको खेलको नतिजा नआउँदै न्युजिल्यान्ड सेमिफाइनल पुगेको हो।
सो खेलमा पाकिस्तानले ठुलो अन्तरले श्रीलंकालाई हराएको अवस्थामा मात्र पाकिस्तान सेमिफाइनल जाने थियो। पहिले ब्याटिङ गरेको पाकिस्तानले २१२ रन बनाएको थियो। यो खेलमा ६४ वा त्यसभन्दा धेरै रनले श्रीलंकालाई हराएकोमा अवस्थामा पाकिस्तान नेट रनरेटका आधारमा सेमिफाइनल जाने थियो। तर, लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १४८ भन्दा धेरै रन बनाइसकेकोले पाकिस्तानको सम्भावना सकिएको हो।
समूह ‘बी’बाट यसअघि नै इंग्ल्यान्ड सेमिफाइनल पुगिसकेको छ। समूह ‘ए’बाट दक्षिण अफ्रिका सेमिफाइनल पुगेको छ भने आइतबार भारत र वेस्ट इन्डिजबिच हुने खेलको विजेता सेमिफाइनलमा पुग्नेछ।