मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पार्‍यो : रवि लामिछाने

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले अन्तर्राष्ट्रिय सम्बन्ध र भू–राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील बनेकाले  सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवं कुटनीतिक माध्यमबाट खोज्न अपिल गरेका छन् । 

त्यस क्षेत्रमा विकसित घटनाक्रमले विशेषगरी युएई, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको भन्दै उनले ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको उल्लेख गरे। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह  गरे । 

उनले लेखेका छन्, ‘नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा ध्यानाकर्षण गराउँदै इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोधले जनजीवन र अर्थतन्त्रमा पार्ने प्रभावबारे समेत बेलैमा सचेत रहन आग्रह गर्दछौं।

सुझावित समाचार