वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिका नौ विकेटले विजयी

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण
वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिका नौ विकेटले विजयी

तस्बिर : एपी

आइसिसी टी–२० पुरुष विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा वेष्ट इन्डिजमाथि दक्षिण अफ्रिकाले नौ विकेटको जित निकालेको छ। वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले २३ बल अगावै मात्र एक विकेट गुमाएर पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेट गुमाएर १७६ रनको योगफल बनाएको थियो। सो क्रममा रोमारियो सेफर्डले नटआउट सर्वााधिक ५२ रनको योगदान गर्दा जेसन होल्डर ४९ रन बनाएर रनआउट भए। ब्राण्डन किङ, साइ होप, सेरफेन रदरफोर्ड र म्याथ्यु फोर्डले क्रमशः २१, १६, १२ र ११ रन बनाए।

दक्षिण अफ्रिकाका लागि लुंगी एंगिडीले सर्वाधिक तीन विकेट लिँदा कागिसो रबाडा र कोर्बिन बोसले समान दुई विकेट लिए।

जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एडन माक्रामले नटआउट ८२ रनको उत्कृष्ट पारी खेले। किन्टन डि ककले ४७ रनको योगदान गर्दा रायन रिकेल्टनले नटआउट ४५ रन जोडे।

वेस्ट इन्डिजका लागि एक मात्र विकेट रोस्टन चेजको नाममा रह्यो।

सुझावित समाचार