सौन्दर्य प्रतियोगिताका नाममा शोषण गर्न खोजेको आरोपमा आयोजक पक्राउ

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

सौन्दर्य प्रतियोगिताका नाममा प्रतिस्पर्धीलाई दुर्व्यवहार गरी शोषण गर्न खोजेको आरोपमा प्रहरीले आयोजकलाई पक्राउ गरेको छ। मिस बिभा ब्युटी पिगेन्टका आयोजक चितवनको भरतपुर २२ घर भएका ४१ वर्षीय उद्धव अधिकारीलाई ललितपुर प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

यो प्रतिस्पर्धीलाई आयोजकले उपाधि दिलाइदिने आश्वासनमा बानेश्वरस्थित कार्यालयमा बोलाएर ‘आयोजक तथा विदेशीहरूलाई समेत खुसी पार्नुपर्छ, बेड सेयर गर्नुपर्छ, नगरकोट घुम्न जाउँ भन्नेजस्ता कुराकानी गरी विभिन्न प्रलोभनमा पारी सोही दिन काठमाडाैंको बानेश्वरबाट ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानागाउँमा पुग्दा कुराकानी गर्दै जाने क्रममा मनमुटाव भई एक्कासि हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको’ भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले भनेको छ। 

एक २२ वर्षीय किशोरीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी गौतम मिश्रले बताए। दुर्व्यवहारको घटना गत ८ फागुनको हो। पीडित युवतीले सामाजिक सञ्जालमार्फत सुरुमा यो विषय बाहिर ल्याएकी थिइन्। 

सुझावित समाचार