श्रम संस्कृति पार्टी र दुई उम्मेदवारलाई २५ हजार जरिवाना

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले श्रम संस्कृति पार्टी र अन्य दलका दुई उम्मेदवारलाई २५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै आयोगले जरिवाना तिराउने निर्णय गरेको हो । 

जरिवाना तोकिएका उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोटका उमेदवार शक्ति बस्नेत छन्। उनले मनोनयनको दिन पैसा बाँडेको भनेर उजुरी परेको थियो। 

नेपाल जनसेवा पार्टीबाट रुपन्देही–२ का उम्मेदवार डा. कमल (निकोलस)भुसाललाई पनि २५ हजार जरिवानाको सजाय भएको छ । 

धरानका पूर्वमेयर हर्कराज राई(हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिवाना तोकिएको छ । बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार खगेन्द्र सुुनुवार र भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका(शोभा) पाठकलाई आयोगले सचेत गराउने निर्णय भएको आयोगले जनाएको छ । 
 

सुझावित समाचार