गगनको गुनासो–एजेन्डाबारे छलफल हुँदैन, चर्का गालीलाई भाइरल गराइन्छ

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण
गगनको गुनासो–एजेन्डाबारे छलफल हुँदैन, चर्का गालीलाई भाइरल गराइन्छ

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले उठाएका एजेन्डा छाडेर अन्य विषयलाई भाइरल गराइएको गुनासो गरेका छन्।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले एजेन्डाका विषयमा बहस केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘हाम्रो इलेक्सन नै कहाँ गइसक्यो भने हामी कस्तो देखिन्छौँ, के बोल्छौँ, के भन्दा भाइरल हुने । मैले यहाँ आएर दुई-चारवटा चर्को गाली गरेँ भने त्यो सबैभन्दा बढी प्रचारको विषय हुन्छ,’ थापाले भने।

सञ्चारमाध्यमले भाइरल कन्टेन्टभन्दा एजेन्डालाई प्राथमिकता दिनुपर्ने भन्दै थापाले थपे, ‘अहिले यत्रो मैले कर्णालीका कुरा भनेको छु । तर, साँझमा कर्णालीका मुद्दाहरूको बारेमा हुँदैन । अहिले मैले बिचमा बोलेको कुनचाहिँ अलिकति नुनचुक छर्कन मिल्ने कुरा छ त्यही राखेर सबतिर भाइरल भइहाल्छ।’

हिजो तत्कालीन माओवादीले पाँच वर्षमा चमत्कार गर्छु भनेको उल्लेख गर्दै सभापति थापाले नयाँको नाममा फेरि भुलभुलैयामा नपर्न मतदातालाई आग्रह गरे।

सुझावित समाचार