चुनावी तालमेलबारे फैलिएको चर्चाप्रति नेकपा उम्मेदवार तामाङको स्पष्टीकरण– सहकार्यको सम्भावना छैन

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले झापा ५ मा कुनै पनि दलसँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन्।

सामाजिक सञ्जालमा फैलिएका अड्कलबाजीप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीले वर्तमान अवस्थामा अन्य दलसँग सहकार्य नगर्ने स्पष्ट नीति लिएको छ र कुनै छलफल भएको छैन।’ उनले मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै घरदैलो र प्रत्यक्ष बहसमार्फत समर्थन आह्वान गरे।

तामाङले आफ्नो अभियानमा कृषि, भूमिहीन व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी र युवामूलक मुद्दालाई प्राथमिकता दिएको जानकारी दिएका छन्।

झापा ५ मा तामाङको प्रतिस्पर्धा केपी ओली (एमाले) र बालेन शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) सँग भइरहेको छ। पछिल्लो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँग सहकार्य आवश्यक हुन सक्नेसंकेत गरेपछि चुनावी तालमेलबारे अड्कलबाजी बढेको थियो।

सुझावित समाचार