सोमबार बिहान धादिङको बेनीघाटमा भएको बस दुर्घटनाको विषयमा छानबिन गर्न सरकारले सहसचिव ऋषिराम तिवारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनियाँ, सडक विभागका सिडिई राकेश महर्जन र मन्त्रालयका उपसचिव वर्तमान पौडेल सदस्यसचिव छन् ।
समितिलाई एक साताको समय दिइएको मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन् । दुर्घटनाको कारण पत्ता लगाई दीर्घकालीन समाधानको उपाय सुझाउन समितिलाई जिम्मेवारी दिइएको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको रात्रिबस धादिङको बेनीघाटमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएपछि सडक सुरक्षाबारे सर्वत्र चिन्ता बढेको छ। पछिल्लो समय ठुला सडक दुर्घटना बढेका छन्।