नेपालका लागि म्यानमारको राजदूत थान सिनसहित कूटनीतिक टोलीले लुम्बिनीको भ्रमण गरेको छ ।
नेपालका लागि संघीय गणराज्यको म्यानमारका राजदूत थान सिन र उनीसँगैको भ्रमण टोलीमा रहेका कूटनीतिज्ञहरू प्रथम सचिव ई. ई. खिन र खिन सु म्याट नाइङ, अटेचले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषका बोर्डसदस्य श्याम रोक्काले जानकारी दिए ।
भ्रमणको क्रममा राजदूत सिनसहितको टोलीलाई लुम्बिनी विकास कोषको तर्फबाट भ्रमणका क्रममा स्वागत गरिएको थियो। म्यानमार प्रतिनिधिहरूले लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक सम्पदाप्रति गहिरो रुचि देखाएको लुम्बिनी विकास कोषले जनाएको छ । भ्रमणलाई लुम्बिनी विकास कोषका पदाधिकारीहरूले दुई देशबिचको मित्रता र धार्मिक तथा सांस्कृतिक सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
राजदूतसहितको प्रतिनिधि टोलीले भ्रमणको क्रममा मायादेवी मन्दिर, रामग्राम र म्यानमारको विहारलगायत प्रमुख स्थलहरू अवलोकन गरेकाे थियाे। भ्रमणको क्रममा राजदूत सिनले लुम्बिनी विकास कोषले भविष्यमा पनि नेपाल–म्यानमारबिच सांस्कृतिक आदानप्रदान र सहयोगका कार्यक्रम निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् ।