एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन् ।

सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबिच थपलियासहितका एमाले नेता–कार्यकर्ता रास्वपामा भित्रिए ।

उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थपलिया ०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।

लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिराहा जिल्लामा परिवारवाद हाबी भएको र पुराना कार्यकर्ताको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

सुझावित समाचार