मोटरसाइकल र मोबाइल चोरी गर्ने गिरोह पक्राउ

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल तथा मोबाइल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चोरीका तीन मोटरसाइकल, दुई स्कुटर र सात मोबाइलसहित चारजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका– १ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ४, माकलबारी बस्ने मेन्सुहाङ राई, बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने समीर तामाङ, खोटाङको केपिलासगढी गाउँपालिका– ७ घर भई बुढानिलकण्ठ– १० कपन बस्ने प्रज्वल राई र दोलखाको मेलुङ गाउँपालिका– ५ घर भई बुढानीलकण्ठ– ४ पासिकोट बस्ने जनम तामाङ रहेका छन्। उनीहरू सबै १८ वर्ष उमेरका रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले चोरीका तीनवटा मोटरसाइकल, दुईवटा स्कुटर र सात थान मोबाइल बरामद गरेको छ।

सुझावित समाचार