सुपर ८ को पहिलो खेल रद्द

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

पाकिस्तान र न्युजिल्यान्डबिचको शनिबार टी–२० विश्वकपअन्तर्गत सुपर ८ को पहिलो खेल वर्षा कारण रद्द भएको छ । कोलम्बोको प्रेमादासा रंगशालामा वर्षा रोकिँदा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । फेरि वर्षा भएपछि म्याच रेफ्रीले खेल रद्द गरी दुवै टोलीलाई समान एक अंक प्रदान गरे ।

निर्धारित समयभन्दा डेढ घन्टापछि पनि वर्षा नरोकिएपछि रेफ्रीले पाकिस्तान र न्युजिल्यान्डलाई अंक बाँडेका हुन् । अंक बुटले पनि दुवै टोलीलाई सेमिफाइनल स्थान बनाउन कठिन देखिएको छ । आगामी खेलमा उनीहरूले शतप्रतिशत नतिजा निकाल्नुपर्छ । दुवैले इंग्ल्यान्ड र श्रीलंकासँग खेल्नुपर्छ ।

पाकिस्तान समूह ‘ए’ र न्युजिल्यान्ड समूह ‘डी’को उपविजेताका रूपमा सुपर ८ मा स्थान बनाएका हुन् । पाकिस्तानले एकपटक विश्वकप उचालेको छ । न्युजिल्यान्डले अहिलेसम्म टी–२० विश्वकप ट्रफी जितेको छैन । 

सुझावित समाचार