धनकुटामा भएको दुर्घटनामा सातजना घाइते

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंबाट हिले आउँदै गरेको माइक्रो बस धनकुटा नगरपालिका–१, निगालेमा दुर्घटनामा हुँदा सात यात्रु घाइते भएका छन्। ग २ ख १९५७ नम्बरको माइक्रो बस धनकुटाको निगालेमा शनिबार साँझ सडकबाट तल खोल्सामा खसेको हो। 

बसमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका धनकुटा नगरपालिका–१, सुकेपोखरीका ३६ वर्षीय रामचन्द्र तामाङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले बताए। 

दुर्घटनामा धनकुटाको पाख्रीबास–६, फलाँटेका ३९ वर्षीय डिकबहादुर मगर, त्यही ठाउँका १८ वर्षीय अभिषेक मगर, धनकुटा–हिलेका ३५ वर्षीय युमेश विश्वकर्मा, उनकी छोरी १३ वर्षीया निश्मा शंकर, पाख्रीबास नगरपालिका–२, सान्नेका ४० वर्षीय झमकबहादुर आले र हिलेका ३५ वर्षीय कल्पना विक घाइते भएका छन्। उनीहरूको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। माइक्रोबसका चालक जिल्ला हुम्ला घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका–९, एकान्तकुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

See More On

सुझावित समाचार