कुलेखानी–फाखेल सडकखण्डमा स्कारपियो दुर्घटना, चारजना घाइते

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- २, सुकौरा बेँसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
दुर्घटनामा बारा जिल्ला कलैया उपमहानगरपालिका–२, निवासी ३८ वर्षीय चालक विजय यादव, गाडीधनी बारा कलैया–७, बरेवानिवासी ५० वर्षीय सन्तोषकुमार गुप्ता, गुप्ताकी ४० वर्षीया पत्नी शोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएका छन्। उनीहरूमध्ये शोभा गुप्ताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको कम्मर र टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, अन्य घाइतेहरूको अवस्था मध्यम रहेकोे र उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ बजे वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेर दुर्घटना भएको हो। चालक निदाएका कारण गाडी अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सुझावित समाचार