साप्ताहिक राशिफल : ९ फागुन (शनिबार) देखि १५ फागुन (शुक्रबार)सम्म

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

मेष :   साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

वृष : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा पछाडि कुरा काट्ने शत्रु आफैँ पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । 

मिथुन : पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । बुधबारपछि पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । साताको अन्त्यमा व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । 

कर्कट :  साझेदारीबाट फाइदा हुनेछैन ।  अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै  बुधबारपछि व्यापारीले हानि व्यहोर्नुपर्छ र कर्मचारीले अपजस व्यहोर्नुपर्छ । छात्रछात्रा रमाइलोमा भुलिनेछन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानुहोला । अकारण वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । 

 सिंह : पठनपाठनमा प्रगति हुनेछ । घरमा मांगलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । साताको अन्त्यमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार

कन्या : सुन्नुपर्दा मन खिन्न हुने स्थिति आउनेछ । धन, धर्म र भाग्यमा हानि पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नुपर्ला ।आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । 

तुला : व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । 

वृश्चिक:  व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । साताको अन्त्यमा प्रतिद्वन्द्वीहरूसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ ।पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नले लाभ प्राप्त गर्नेछन् । कृषि–चौपायाबाट हानि पुग्न सक्छ । साताको अन्त्यमा कुनै विशेष खुसीको समाचार सुन्न पाइएला । राम्रो कामका लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सिर्जनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । 

धनु : खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनुपर्नेछ । सुनचाँदीजस्ता धातुको कारोबारबाट धेरथोर लाभ मिल्नेछ । बुधबारपछि सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु्पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, समयलाई पर्खिनुहोला । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनुपर्नेछ । 

मकर : व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । साताको अन्त्यमा सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ ।

कुम्भ : सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । साताको अन्त्यमा प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, शृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । 

मीन : समाजको नेतृत्व वहन गर्नुपर्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । बुधबारपछि पारिवारिक वातावरण अनुकूल हुनेछैन । मानसिक एवं बौद्धिक क्षमतामा कमी आउनेछ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ ।

सुझावित समाचार