दाङको तुलसीपुरमा एमालेको झन्डा जलाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झन्डा जलाएको आरोपमा शुक्रबार तुलसीपुर– ७, कालाखोलानिवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।
झन्डा जलाउने तीनजनाको पहिचान भएकोमा तीमध्ये दुईजना फरार रहेको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुरस्थित वीरेन्द्र चोकमा भएको रास्वपा समर्थकहरूको भेलामा बिहीबार केही व्यक्तिले एमालेविरुद्ध नाराबाजी गर्दै झन्डा जलाएका थिए। रास्वपाले भने सो घटनामा आफ्नो संलग्नता नभएको र दोषीलाई छानबिनको दायरामा ल्याउन आग्रह गरेको छ। रास्वपा सभापति रवि लामिछानेले झन्डा जलाउने रास्वपाको चरित्र नभएको बताएका छन्।
एमालेले भने रास्वपाले भने झन्डा जलाएको भन्दै उनीमाथि कारबाहीको माग गरेको छ।
