काठमाडाैंको शंखमूलस्थित लिभरपुल सेकेन्डरी स्कुलले अभिभावक दिवस मनाएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए ।
लिभरपुल एजुकेसन नेटवर्कका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेटवर्कका सञ्चालक तथा विद्यालयका निर्देशक नवीन चौहानले विद्यालयमा हाल सञ्चालन भइरहेका शैक्षिक, सहपाठ्यक्रमिक तथा अतिरिक्त क्रियाकलापका साथै आगामी दिनमा गरिने योजनाबद्ध गतिविधिहरूबारे प्रकाश पारेका थिए ।
विद्यालयले वर्षभरि सञ्चालन गर्ने विभिन्न कार्यक्रमअन्तर्गत विभिन्न विधाका पुरस्कारहरूसमेत समारोहमा वितरण गरिएको थियो ।