राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) गण्डकी प्रदेशको अध्यक्षमा सिकन्दर गुरुङ निर्वाचित भएका छन् । प्याब्सनको दोस्रो अधिवेशनले गण्डकी प्रदेश अध्यक्षमा गुरुङलाई निर्वाचित गरेको हो ।
उनको नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष चेतनाथ भण्डारी, सचिव बालचन्द्र घिमिरे, कोषाध्यक्ष शिव गुरुङ र सदस्यहरू तारा भट्टराई, गणेश मल्ल, प्रेम भण्डारी तथा भोजराज अधिकारी रहेका छन् । नव निर्वाचित अध्यक्ष सिकन्दर गुरुङले प्रदेशस्तरीय शैक्षिक सुधार र निजी विद्यालयहरूको हित सुनिश्चित गर्न आफ्नो नेतृत्वमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।