धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

कारागार कार्यालय धनकुटाको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। सुरक्षाको हिसाबले अत्यन्त संवेदनशील मानिने कारागार निर्वाचन अवधिभरका लागि नेपाली सेनाले लिएको हो ।

आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रहरी फिल्डमा खटिनुपर्ने भएपछि जनशक्ति कम हुने भएकाले सो अवधिको लागि सेनाले कारागारमा सुरक्षा दिनेछ। धनकुटाको सल्लेरीस्थित भीमदल गणबाट नेपाली सेनाको टोली कारागार सुरक्षामा खटिएको छ। यसअघि नेपाल प्रहरी र आवश्यकताको आधारमा सशस्त्र प्रहरीको टोलीले कारागारको सुरक्षा दिँदै आएको थियो। 

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार कारागार अतिसंवेदनशील भएकाले कारागार र महत्त्वपूर्ण आयोजनाको सुरक्षा नेपाली सेनाले दिने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम निर्वाचन अवधिभरको लागि कारागार कार्यालय धनकुटाको सुरक्षा नेपाली सेनाले दिने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्रीले बताए ।

उनले भने, 'अहिले प्रहरी निर्वाचनका लागि अन्यन्त्र फिल्डमा खटिनेछ। निर्वाचन सम्पन्न भएपछि पुनः प्रहरीले नै सुरक्षाको जिम्मा लिनेछ। सरकारको निर्णयबमोजिम कारागारमा सेना खटिसकेको छ।' 

सुझावित समाचार