पार्टी र राजकाज सञ्चालनका गल्ती अब दोहोरिँदैनन् : सभापति थापा

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति गगनकुमार थापाले पार्टी सञ्चालन र राजकाज सञ्चालनमा कांग्रेसले विगतमा गरेका गल्ती अब नदोहोरिने प्रतिबद्धता जनाएका छन्।

राजधानीमा आयोजित प्रश्नोत्तर कार्यक्रमलाई आज सम्बोधन गर्दै सभापति थापाले पार्टीका मूल्य र मान्यता तथा सिद्धान्तसँग सम्झौता नगर्ने पनि स्पष्ट पारेका छन्।

उनले अड्डा, अदालत, प्रहरी, विद्यालयलगायतका ठाउँमा अनावश्यक रूपमा पार्टीकरण भएको संकेत गर्दै त्यहाँबाट कांग्रेस फर्किनेसमेत प्रतिबद्धता जनाएका छन्।

सुझावित समाचार