सेनाभित्र कस्तो छ सी जिनपिङको पकड ?

शुद्धीकरण र प्रति–शुद्धीकरणको चक्रले गति लिएपछि त्यसलाई रोक्न गाह्रो हुन्छ । यो कुरा चीन र अन्यत्र स्पष्ट रूपमा देखिन्छ ।

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

चीनका राष्ट्रपति सी जिनपिङले सत्ता सम्हाले यता धेरै जनमुक्ति सेना(पिपुल्स लिबरेसन आर्मी)का शिर्ष नेतृत्वलाई क्यास गर्न सक्षम हुनु शासनमा उनको स्थान बलियो छ भन्ने स्पष्ट संकेत हो,’ सिंगापुरको एस. राजारत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका जेम्स चारले गत महिना सिएनएनलाई भनेका थिए । सीले दुई वरिष्ठ जनरललाई महत्वपूर्ण कमाण्ड पोस्टबाट हटाएको केही दिनपछि जेम्सका अभिव्यक्ति सार्वजनिक भएका थिए । समाचार आउटलेटले विश्लेषकको लगभग सर्वसम्मत दृष्टिकोणलाई संक्षेपमा प्रस्तुत गरेको छ– ‘चिनियाँ राष्ट्रपति सी जिनपिङको आफ्ना देशको सेनामाथि सशक्त र पूर्ण नियन्त्रण छ ।’

तर, राष्ट्रपति सीले देशको सेनालाई पूर्ण रूपमा नियन्त्रण गर्छन् भन्ने कथन निश्चित रूपमा गलत छ । त्यसो त सीको शक्तिको प्रमाणको रूपमा लिइएका पछिल्ला शुद्धीकरण अभियान र कारबाहीलाई गलत अथ्र्याउन सछिन्छ तर वास्तविकता भने यही हो । गत महिनाको २४ तारिखमा चीनको राष्ट्रिय रक्षा मन्त्रालयले ३० सेकेन्डको भिडियोमा कम्युनिस्ट पार्टीको केन्द्रीय सैन्य आयोगमा बस्ने दुई जनरल झाङ युसिया र लिउ झेन्लीलाई अनुसन्धानमा राखिएको घोषणा गरेको थियो ।

भिडियो सार्वजनिक भएपछि चिनियाँ सेनाको मुख्य प्रचार निकाय पिएलए डेलीले झाङ र लिउलाई ‘केन्द्रीय सैन्य आयोगका अध्यक्षको अन्तिम जिम्मेवारीको प्रणालीलाई गम्भीर रूपमा उल्लंघन गरेर कमजोर बनाएको’ आरोप लगायो । जनमुक्ति सेनालाई नियन्त्रण गर्ने उक्त निकायका अध्यक्ष स्वयं राष्ट्रपति सी जिनपिङ हुन् । जनरल झाङको बर्खास्तगी विशेषगरी आश्चर्यजनक थियो । उनी चीनका सबैभन्दा वरिष्ठ बर्दीधारी अधिकारी र देशका शक्तिशाली सैन्य आयोगका प्रथम उपाध्यक्षसमेत थिए । विज्ञहरू विश्वास गर्छन् कि यदि राष्ट्रपति सीसँग झाङ र लिउलाई हटाउने शक्ति छ भने उनमा नियन्त्रणको अधिकार हुनुपर्छ । अवश्य पनि यो विश्वासबारे सतही तर्क हो । तैपनि, सीले झाङ र लिउलाई पदमुक्त गरे, किनभने उनी तिनीहरूलाई नियन्त्रण गर्न सक्दैनथे ।

सीले झाङ र लिउलाई पदमुक्त गरे, किनभने उनी तिनीहरूलाई नियन्त्रण गर्न सक्दैनथे । उनले भविष्यमा आउन सक्ने सम्भावित कठिनाइलाई छल्न अप्रिय कदम चालेका हुन सक्छन् ।

उनले आफ्नो काबुमा राख्न नसक्ने आकलन गरेर र भविष्यमा आउन सक्ने सम्भावित कठिनाइलाई छल्न सो कदम चालेको हुन सक्ने देखिन्छ । र, यस्तो देखिन्छ कि उनी बृहत् सेनालाई पनि नियन्त्रण गर्न सक्दैनथे । एक दशकअघि राष्ट्रपति सीले सेनाको वृत्तमा बलियो नियन्त्रण कायम राखेको जस्तो देखिन्थ्यो । तैपनि, त्यसवेलादेखि सीले एकपछि अर्को सैन्य अधिकारीलाई हटाउँदै आएका छन् ।

पहिले हटाएका ठाउँमा आएकाहरूलाई समेत अहिले हटाउन थालिएको छ । यदि सी आज यति पूर्ण कमान्डमा थिए भने उनले विगत एक दशकमा यति धेरै अधिकारीलाई किन हटाउनुपर्यो ? सेनामा सीका विरोधीहरू हालैका केही शुद्धीकरणका लागि जिम्मेवार थिए भन्ने प्रमाण पनि छ । उदाहरणका लागि, झाङ युसियाले सेनामा सीका नम्बर–एक प्रवर्तकको रूपमा वर्णन गरिएका जनरल हे वेइडोङलाई हटाएका थिए । सीका अन्य दुई बफादारहरू, कर्मचारी तथा वैचारिक निरीक्षण प्रमुख एडम मियाओ हुआ र सर्वोपरि पूर्वी थिएटर कमान्डका कमान्डर जनरल लिन सियाङयाङलाई पनि बर्खास्त गरिएको थियो ।

‘राष्ट्रपति सीले राजनीतिक प्रणालीमा प्रभुत्व जमाएको छ कि छैन भनेर शुद्धीकरणको निरन्तर व्याख्या गर्न गाह्रो छ, किनभने उनका समर्थकलाई अब शुद्धीकरण गरिँदै छ,’ विद्वान् चाल्र्स बर्टनले मलाई गत जुलाईमा भनेका थिए । ‘कहिलेकाहीँ सरल व्याख्या सबैभन्दा विश्वसनीय हुन्छन् । सबैभन्दा सरल व्याख्या यो हो कि सीका शत्रुले (सी आफैँले होइन) सीका बफादारहरूलाई हटाए ।’ बर्टनको कुरा झाङ र लिउलाई किन हटाइयो भन्ने पिएलए डेलीको व्याख्यासँग मेल खान्छ, जनरलहरूले सीको अधिकारलाई चुनौती दिएका थिए । अब शुद्धीकरण र प्रति–शुद्धीकरणको स्पष्ट चक्र छ । एकपटक शुद्धीकरणले गति लिएपछि त्यसलाई रोक्न गाह्रो हुन्छ । यो कुरा चीन र अन्यत्र स्पष्ट रूपमा देखिन्छ ।

हटाइएका व्यक्तिहरूका साथी र समर्थकलाई ( झाङ युसिया दर्जामा निकै लोकप्रिय थिए)आफूहरूमाथि प्रतिरोध हुनसक्नेबारेमा जानकार छन् । वास्तवमा, झाङलाई हटाइएपछि वरिष्ठ अधिकारीमा चरम असन्तुष्टि बढेका विभिन्न रिपोर्ट सार्वजनिक भएका छन् । केही सी जिनपिङको सहभागी सेवानिवृत्त वरिष्ठ अधिकारीलाई केन्द्रीय सैन्य आयोगको नयाँ वर्षको कार्यक्रममा सहभागी नै भएनन् । कार्यक्रममा उपस्थित हुनुभन्दा पहिले राष्ट्रपति सी सैन्य पोसाक लगाएका सुरक्षाकर्मीको भिडमा देखिए ।

‘यस्तो बन्द परिस्थिति र पूर्ण रूपमा आफ्नै वृत्तका मानिसले बनेको वातावरणमा, त्यहाँ अझै पनि धेरै संख्यामा सैन्य सुरक्षाकर्मी उपस्थित थिए,’ विश्लेषक जेनिफर जेङले समाजिक सञ्जाल एक्समा लेखे । उनका ‘आफ्नै मानिसहरू’ सबैलाई नजिकबाट निगरानी गर्नु आवश्यक थियो । ‘१० तारिखमा राष्ट्रपति सीले आफ्नो परम्परागत नयाँ वर्षको शुभकामना सैनिकलाई व्यक्तिगत रूपमा नभई भिडियोमार्फत दिए, जुन उनको पुरानो चलन थियो ।

 सेनामा मतभेद भएका धेरै अपुष्ट विवरण सार्वजनिक 
भएका छन् । यद्यपि, एउटा कुरा स्पष्ट छ– चीनमा शुद्धीकरण तीव्र हुँदै गइरहेको छ, जसले चिनियाँ सेना अस्तव्यस्त भएको संकेत गर्छ । झाङ र लिउलाई हटाइएपछि सात सदस्यीय केन्द्रीय सैन्य आयोगमा अब केवल दुई सदस्य छन्, जसमध्ये अप्रेसन कर्तव्यमा कुनै पनि सैन्य अधिकारी छैनन् । उनीहरूको दायित्व पनि राष्ट्रपति सी जिनपिङ आफैँ र राजनीतिक कमिसार जनरल झाङ सेङमिनले बहन गर्नेछन् । ‘पछिल्लो समयमा चीनमा सेनाभित्रको कमान्डको शृंखला पूर्णरूपमा तोडिएको छ,’ चीन विश्लेषक र साउन्ड अफ होप रेडियोका टिप्पणीकार हेङ हेले निवर्तमान जनरल झाङ र लिउलाई हटाइएपछि टिप्पणी गर्दै भने, ‘कम्युनिस्ट शासनको इतिहासमा यसअघि यस्तो कहिल्यै भएको थिएन ।’

धेरैले सीको शक्तिलाई बढाइचढाइ गरिरहेका छन् । ‘चीनमा चिनियाँ कम्युनिस्ट पार्टी अर्थात् सिसिपीले बन्दुक नियन्त्रण गर्छ,’ राष्ट्रिय खुफियाका पूर्वसहयोगी निर्देशक जोसेफ डेट्रानीले लेखेका छन्, ‘र, सीले सिसिपी नियन्त्रण गर्छन् ।’ प्रणालीले यसरी काम गर्नुपर्ने हो, तर अहिले त्यो तरिकाले काम गरिरहेको छैन । शिर्ष सैन्य अधिकारीलाई (नौसेना वा तटरक्षक बलमा उच्च–पदस्थ कमिसन प्राप्त अधिकारी, जसलाई आफ्नो कमान्ड स्थितिको संकेत गर्न विशिष्ट झन्डा फहराउन अधिकार हुन्छ) राष्ट्रपति सीले निरन्तर हटाउनाले उनलाई स्पष्ट रूपमा चाहिने नियन्त्रण गुमेको संकेत गर्छ ।
– न्युजविकबाट
 

सुझावित समाचार