एन्फाको सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगन गर्न आयोगको निर्देशन

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई संघको निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि स्थगन गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको उल्लेख गर्दै आयोगले संघका निर्वाचनसम्बन्धी कार्यक्रम स्थगित गर्न भनेको हो।

‘...आजैका मितिदेखिका सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगन गरी सोको जानकारी यथाशीघ्र यस आयोगमा गराउन निर्णयानुसार अनुरोध छ। अन्यथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही गरिने व्यहोरासमेत यसै पत्रबाट सूचित गरिन्छ,’ आयोगले भनेको छ।

सुझावित समाचार