आइसिसी टी–२० विश्वकपमा न्युजिल्यान्ड सुपर ८ मा पुगेको छ। मंगलबारको खेलमा क्यानडालाई हराउँदै समूह ‘डी’बाट न्युजिल्यान्ड सुपर ८ मा पुगेको हो।
न्युजिल्यान्डले क्यानडालाई ८ विकेटले हराएको हो । क्यानडाले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले दुई विकेट गुमाएर १५.१ ओभरमा पूरा गर्यो।
यो समूहबाट तीन खेलमा तीन जित निकाल्ने दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा पुगिसकेको छ।
यससँगै सुपर ८ मा पुग्ने अफगानिस्तानलेको सम्भावना सकिएको छ। उसले तीन खेलमा एक जित निकालेको छ। न्युजिल्यान्डले आज हारेको अवस्थामा उसको सम्भावना रहन्थ्यो।