आइसिसी टी–२० विश्वकपमा दोस्रो शतक बनेको छ। न्युजिल्यान्डविरुद्धको खेलमा क्यानडाका खेलाडी युवराज सम्राले शतक प्रहार गरेका हुन्। ओपनिङमा आएका उनले ५८ बलमा शतक बनाएका हुन्। उनको ११० रनको योगदानमा क्यानडाले न्युजिल्यान्डलाई १७४ रनको लक्ष्य दिएको छ ।
विश्वकपमा यो क्यानडाको तेस्रो खेल हो। यसअघिका दुवै खेलमा ऊ पराजित हुँदा समूह ‘डी’को अंकतालिकाको पुछारमा छ। न्युजिल्यान्डको चौथो खेल हो। तीन खेलमा दुईमा जित र एकमा हारेर न्युजिल्यान्डले चार अंक बटुलेको छ। आज जितेमा ऊ सुपर ८ मा जान्छ । समूह ‘डी’बाट तीन खेल जितेर दक्षिण अफ्रिका सुपर ८ मा गइसकेको छ।
यो समूहमा रहेको अफगानिस्तानले तीन खेलमा एक खेल जितेको छ। आज न्युजिल्यान्ड हारेमा उसको सुपर ८ मा पुग्ने सम्भावना कायमै रहन्छ।