कपिलवस्तुको गोरुसिंगे–बनगाई सडकखण्डको जंगलमा पर्ने ड्राई नाला र तौलिहवा–बहादुरगन्ज सडकखण्डको बरगदी पुलमा शंकास्पद वस्तु फेला परेको बताएको छ । शंकास्पद भनिएको वस्तु हुक्स बम रहेको नेपाली सेनाले जनाएको छ ।
डर, त्रास र भ्रमित पार्न राखिएको उक्त हुक्स बमलाई नेपाली सेना शमशेर दलगण गोरुसिंगेको प्राविधिक टिमले डिस्पोज गरेको छ । अहिले पूर्व–पश्चिम राजमार्ग र तौलिहवा–बहादुरगन्ज सडकखण्ड नियमित भएको कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।