मुगु कर्णाली हाइड्रोको काम सुरु, ऊर्जासँगै पर्यटन र अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

लामो समयदेखि कर्णाली नदीमा जलविद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिरहेको कर्णाली हाइड्रोको अध्ययन पूरा भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको दीर्घकालीन आर्थिक विकासको मुख्य आधार मान्दै १९०२ मेगावाट क्षमताको मुगु कर्णाली हाइड्रो पाँच खर्ब १५ अर्बको कुल लगानीमा निर्माण प्रक्रिया अगाडि बढेको छ। 

जलाशययुक्त जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरी वातावरणीय प्रभाव मूल्यांकन इआइए अध्ययन प्रक्रिया पनि अघि बढिरहेको छ। परीक्षणका लागि सुरुङमार्ग चारवटा निर्माण हुँदै छन्। वातावरणीय प्रभाव मूल्यांकन इआइए अध्ययनअन्तर्गत स्कोपिङ डकुमेन्ट र टम्स अफ रिफ्रेन्स वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई परामर्शदाता जेड (एनइडिसी जेभी) का विज्ञ टोलीद्वारा हाल आयोजनास्थलमा बेसलाइन डेटा संकलन भइरहेको छ ।

सन् २०२२ बाट सुरु भएको थियो। सम्भाव्यता अध्ययनअनुसार आयोजनामा करिब पाँच खर्ब १५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान छ। २८५ मिटर अग्लो ड्यामसहित करिब ४५ किलोमिटर लामो जलाशय निर्माण हुने आयोजनाले ४५ किलोमिटरको कृत्रिम ताल बनाउनेछ। भूमिगत विद्युत् गृहबाट उत्पादन हुने बिजुलीले ७/७ घण्टा पिकिङ दिने परियोजनाको अध्ययन देखाएको छ । मुगु कर्णाली आयोजना विद्युत् मात्र उत्पादन नगरेर जलाशय क्षेत्रलाई माछापालन, जल पर्यटन, रिसोर्टजस्ता परियोजनमा प्रयोग गर्न सकिने परियोजनाका प्राविधिकले बताए ।  

मुगु कर्णाली परियोजनाबाट रारा, बडिमालिका, खप्तड, रामरोशन, बुढीनन्दा, कालाजाग्रा नाटेश्वरीलगायतका पर्यटकीय गन्तव्यहरू जोडिने भएकाले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिनेछ। कर्णाली र सुदूरपश्चिममा यो परियोजना पहिलो हो भने हाल अध्ययन भइरहेका  जलविद्युत् आयोजनामध्ये दोस्रो ठुलो आयोजना रहेको छ । १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानीपछि आकार र महत्त्वका हिसाबले मुगु कर्णालीले राष्ट्रिय ध्यान खिच्ने अपेक्षा गरिएको छ।

परीक्षणका लागि सुरुङमार्ग खन्ने काम तीव्र 
आयोजनास्थलमा तयारीका कामहरू सुरु भएको छ। जस्तै पावरहाउस र ड्याम एक्सेसको दायाँ–बायाँ परीक्षणका लागि चारवटा सुरुङमार्ग खन्ने काम हाल सुरु भइ रहेको परियोजना निर्देशक सूर्यप्रकाश पाण्डेयले जानकारी दिएका छन् ।परियोजनाका लागि करिब नाै हजार रोपनी निजी जग्गा खरिद आवश्यक पर्नेछ। इआइएको अन्तिम प्रतिवेदनपछि आवश्यक जग्गाको यकिन गर्न सकिने परियोजना निर्देशक पाण्डेयले बताए । यो परियोजना कर्णाली करिडोर र मार्तडी–कोल्टी सडकसँग जोडिएको स्थानमा पर्छ ।  

परियोजनाको विद्युत् राष्ट्रिय प्रसारण कम्पनी लिमिटेडले रेंगिल, कालीकोटमा करिब ४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माण गरी हबमा जडान गरिनेछ । मुगु कर्णाली परियोजना सुदूरपश्चिमको बाजुरा र कर्णालीका हुम्ला, कालीकोट, मुगु र जुम्ला क्षेत्रमा फैलिएको छ। प्रभावित क्षेत्रका रूपमा कर्णालीका चार र सुदूरपश्चिमको बाजुरा गरी पाँच जिल्लाका एक नगरपालिका र ११ गाउँपालिका छनोटमा परेका छन् ।

परियोजना निर्माण सुरु भएको १० वर्षभित्र सम्पन्न गर्ने उद्देश्य रहेको कम्पनीले जानकारी दिएका छन्। स्थानीयवासी जनक विष्टले भने मुगु कर्णाली हाइड्राेपावरले परियोजनाले हाइड्रोको अध्ययन पूरा गरेको भए पनि बाजुरा जिल्लाबाट राजनीति गर्ने नेताहरूले कर्णाली मुगु हाइड्रोलाई मूल एजेन्डाको रूपमा भने कहिले पनि लिन सकेको छैन। 

सुझावित समाचार