आइसिसी टी–२० विश्वकप २०२६ मा समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर ८ मा पुगेका छन्। सोमबारको खेलमा इंग्ल्यान्डले इटालीलाई २४ रनले हराएर सुपर ८ को यात्रा सुनिश्चित गरेको छ।
यो समूहमा रहेका नेपाल, इटाली र स्कटल्यान्ड प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
वेस्ट इन्डिज एक खेलअगाडि नै सुपर ८ मा पुगेको हो। उसले तीन खेलमा तीन जित हात पारिसकेको छ । इंग्ल्यान्डले चार खेलमा तीन जित निकाल्यो। उसले नेपालसहित स्कटल्यान्ड र इटालीलाई हराएको हो।
त्यस्तै, इटाली र स्कटल्यान्डले एक–एक जित निकालेका छन्।
यो समूहमा हालसम्म नेपाल मात्र जितविहीन छ। नेपालले आफ्नो अन्तिम खेल मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दै छ।
यो समूहको अन्तिम खेल वेस्ट इन्डिज र इटालीबिचको खेल भने बिहीबार हुँदै छ।