नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने अभियानमा अघि बढेको बताएका छन्।
लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले कुनै पनि व्यक्ति लामो समयसम्म सत्तामा बस्ने परम्परा अन्त्य गरिने बताए। उनका अनुसार अब प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकालभन्दा बढी बन्न नपाउने व्यवस्था गर्न पहल गरिनेछ।
शर्माले चुनावमा गालीभन्दा प्रेम र स्वस्थ आलोचनालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अव्यावहारिक आश्वासन दिएर जनतालाई निराश बनाउने काम नगर्न आग्रह गरे। उनले आवश्यक शासन सुधारका विषयमा गहिरो अध्ययन गरिएको दाबी गर्दै परिवर्तन सम्भव बनाइने बताए।