एनआइसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले अद्यावधिक गर्न आग्रह गरिएको हो । ग्राहकले प्यान र इमेल दुवै बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न सक्नेछन् ।
साथै, आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था मिलाइएको पनि बैंकले जनाएको छ ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको कर ई–टिडिएस रेकर्डमा राख्न पनि प्यान अत्यावश्यक छ । यसले कर चुक्ता प्रमाणपत्र लिन सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्था पनि अन्त्य हुने बैंकले जनाएको छ ।