फागुन २ देखि ८ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको फागुन २ गते शनिबारदेखि फागुन ८ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्य भाव सक्रिय भएकाले नयाँ व्यक्ति र नयाँ अवसरसँग भेट गराउनेछ । अचानक प्रेम प्रस्ताव वा सन्देशले मन खुसी बनाउनेछ । फरक सोच र शैलीले आकर्षण बढ्नेछ । आम्दानी बढ्ने र अड्किएको रकम हातलागी हुने योग छ । अध्ययन, तालिम वा धार्मिक यात्राबाट फाइदा हुनेछ । प्रेमसम्बन्धमा नजिकिने समय छ । यात्रामा भने सावधानी अपनाउनु उचित हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) चन्द्रमाको प्रभावले यात्रा वा रमाइलो भेटघाटको योग छ । नयाँ प्रेमको सुरुवात हुन सक्छ । आर्थिक पक्षमा सोच बढ्नेछ । मन शान्त रहनेछ र गोप्य योजना सफल बन्ने संकेत छ । प्रेमी वा जीवनसाथीसँग भावनात्मक दूरी घट्नेछ । सप्ताहान्तमा सहयोगीहरूको साथले काम बन्नेछ । अनावश्यक खर्चमा भने नियन्त्रण आवश्यक देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाम्पत्य जीवनमा उत्साह  बढ्नेछ । साझेदारी पक्ष बलियो हुनेछ । रोकिएका काम बन्नेछन् । भूमि वा घरसम्बन्धी विषयमा सोच अघि बढ्नेछ । साथीभाइबाट सहयोग पाइनेछ । सप्ताहान्तमा मानसम्मान र लाभ मिल्ने योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम र जिम्मेवारी बढ्ने समय हो । मिहिनेतको फल ढिलो भए पनि सुनिश्चित देखिन्छ । मानसिक दबाब बढ्न सक्छ । सप्ताहान्तमा यात्रा र अतिरिक्त आम्दानीको योग बनेको छ । रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । परिवारले पनि प्रेमसम्बन्धलाई सहज रूपमा स्वीकार गर्ने संकेत देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम, सन्तान र सिर्जनशीलता बलियो बनाउनेछ । सामाजिक मानसम्मान बढ्नेछ । मध्य सातामा जिद्दीपनाले हानि पुर्याउन सक्छ । सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्ने सम्भावना छ । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले ठुलो काम सम्पादन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवार र सम्पत्तिसम्बन्धी विषय सक्रिय रहनेछ । रोकिएका काम बन्नेछन् । उद्योग–व्यवसायबाट लाभ हुनेछ । प्रतिस्पर्धीहरू पनि सहयोगी बन्न सक्छन् । भावनात्मक विषयमा कठोर निर्णय नगर्नु राम्रो हुन्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । साताको अन्त्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) चन्द्रमाको शुभ प्रभावले साहस र सञ्चार क्षमता बढ्नेछ । विगतका वाचा पूरा हुनेछन् । दाजुभाइ तथा नजिकका साथीसँग सम्बन्ध सुधार हुनेछ । विदेश जानेका लागि शुभ समाचारको संकेत देखिएको छ । विगतमा दिएको वचन पूरा गरिनेछ । सप्ताहान्तमा विद्यार्थीहरूका लागि सुखद समाचार आउला । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक विषय प्रमुख रहनेछ । आयका नयाँ बाटा देखिनेछन् । यात्राको योजना अघि बढ्नेछ । विचार र रणनीतिले सफलता मिल्नेछ । बिहीबारपछि जोखिमपूर्ण जिम्मेवारी आउन सक्ने भएकाले कानुनी र व्यावहारिक सावधानी अपनाउनु आवश्यक छ ।  वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साताको प्रारम्भमा आत्मबल र निर्णय क्षमता उच्च रहनेछ । उद्योग, व्यापार र पशुपालनबाट राम्रो फाइदा हुनेछ । पुराना समस्या समाधान हुनेछन् । सप्ताहान्तमा परिस्थिति अनुकूल भई लक्ष्यमा पुगिनेछ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्नेछ । साताको अन्त्यमा कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गर्ने योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनभित्रका कुराले बढी प्रभाव पार्ने समय चलिरहँदा, पारिवारिक भेटघाट र विशेष व्यक्तिसँग भेट हुने योग छ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । सप्ताहान्तमा स्वास्थ्यमा गडबडी देखापर्न सक्छ । सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बिग्रन लागेको कामबाट पनि केही लाभ मिल्नेछ । मिहिनेतले प्रतिष्ठा बढाउने अवसर छ । नयाँ ज्ञान र सिप प्राप्त हुनेछ । आगन्तुकका कारण योजना प्रभावित हुन सक्छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । सप्ताहान्तमा विभिन्न भौतिक साधन जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भबाटै कर्मभाव सक्रिय हुनाले कामकाजमा सफलता मिल्नेछ । सरकारी वा प्रशासनिक क्षेत्रमा लाभ देखिन्छ । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । बिहीबारपछि खर्च पनि बढ्न सक्ने भएकाले सन्तुलन आवश्यक छ । काममा उत्साह बढ्नेछ । मनको कुरा खुलेर राख्दा सम्बन्ध बलियो बन्नेछ । एकतर्फी प्रेमले पनि सकारात्मक मोड लिन सक्छ ।

See More On

सुझावित समाचार