ब्राउनसुगरजस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

सिराहा प्रहरीले मिर्चैयाबाट कडा खालको मानिने ब्राउनसुगरजस्तो देखिने पदार्थसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटिएको प्रहरी टाेलीले बिहीबार राति  मिचैया नगरपालिका– ६, कटारीचोकमा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बिक्री–वितरण भइरहेको  गोप्य सूचनाको आधारमा खानतलासी गर्दा भारत बिहार राज्य सुपौल जिल्ला समनपुर ग्राम वीरपुर थाना बस्ने करिब २१ वर्षका मोहमद नजरुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार  मियाँको साथबाट प्लास्टिकबाहेक ४८.५८ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ  बरामद भएको छ । उक्त पदार्थसहित मियाँलाई तत्काल पक्राउ गरी सिराहा जिल्ला अदालतबाट म्याद थप गरी  मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भरहेको उनले बताए ।

सुझावित समाचार