सुनको मूल्य तोलामा तीन हजारले घट्यो

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आजको मूल्य तीन लाख तीन हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।  

सुझावित समाचार