नवलपुरको देवचुली नगरपालिका– १४, देवचुली चोकमा बा २१ च ५१६८ नम्बरको स्कारपियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार दिउँसो ३ बजेतिर स्कारपियोले साइकल यात्रीलाई ठक्कर दिँदा दुई बालक घाइते भएका थिए।
दुर्घटनामा परी गम्भीर घाइते देवचुली– १४ निवासी १४ वर्षीय बालक रिप्सन सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते अर्का बालक १३ वर्षीय रिजन धितालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ।