शाक्यको ‘ब्रान्डसूत्र’ बजारमा

बिहिबार, २९ माघ, २०८२
डिजिटल संस्करण

उजय शाक्यद्वारा लिखित ब्रान्डसूत्र २.० पुस्तक बजारमा आएको छ । मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी यो पुस्तकले नेपाल र दक्षिण एसियाका बजारहरूको वास्तविक अनुभवमा आधारित दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ । 

शाक्यका अनुसार छोटो बाटो होइन, दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भ र जिम्मेवार ब्रान्ड निर्माणमा जोड दिन्छ । यसले ‘ब्रान्ड संरक्षण’ सोच अपनाउन प्रेरित गर्छ । यो पुस्तक मुख्य रूपमा युवा मार्केटिङ प्रोफेसनल, व्यवसाय र विद्यार्थी, उद्यमी र ब्रान्ड लिडरहरूका लागि उपयोगी छ । 

सुझावित समाचार