नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्ने भएका छन् ।
दीपेन्द्रलाई पिएसएलको टोली इस्लामावाद युनाइटेडले ६० लाख पाकिस्तानी रुपैयाँ(३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ।
पिएसएलको यसै ११औं संस्करणबाट सुरु भएको अक्सनबाट इस्लामाबादले सुरुवाती रकममा दीपेन्द्रलाई अनुबन्ध गरेको हो।
सन्दीप लामिछानेपछि पिएसएल खेल्ने दीपेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन्।