‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। क्लब सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा क्लबले विभिन्न कार्यक्रम गरी मनाएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए। वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुति दिएका थिए।
‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं,’ निर्देशक कुँवरले भने, ‘यो स्थान कलाकारहरूका लागि केही गर्छु भन्ने मानिसका लागि एउटा प्लेटफर्म बनेको छ। यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन्।’
एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र नभएर नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको उनको भनाइ छ। कुँवरका अनुसार नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्व मञ्चमा प्रवद्र्धन गर्दै आएको छ,जसले राष्ट्रिय एकता भावनालाई अझ बलियो बनाएको छ।
ठमेल आउने हरकोही स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा एलओली क्लब पर्ने गरेको उनको भनाइ छ। नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्व मञ्चमा प्रवद्र्धन गर्दै आएको छ। जसले राष्ट्रिय एकताको भावना अझ बलियो बनाएको क्लबले जनाएको छ।
रात्रिकालीन व्यवसायमा अवसर र चुनौती दुवै रहेको कुँवर बताए। कतिपय अवस्थामा राम्रो भए पनि गर्दागर्दै कोही बेला प्राविधिक कठिनाइले केही समस्या व्यहोर्नुपरेको पनि उनले सुनाए। क्लबले ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको उनले उल्लेख गरे। शुक्रबार र शनिबार मनोरञ्जनका लागि बढी मानिसको जमघट बढ्ने उनको भनाइ छ। एलओडी क्लब सन् २०२२ मा ५२, २०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४औँ स्थानमा परिसकेको छ।