धनकुटामा नेकपा (एमाले)ले ६५ सदस्यीय ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको छ। जिल्लाका सातै पालिकालाई समेटेर प्रवीण पोखरेलको कमान्ड र मोहन लिम्बूको सहकमान्डमा ६५ सदस्यीय फोर्स गठन गरिएको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कट्टेलले बताए।
कार्यक्रममा नेसनल भोलेन्टियर फोर्सका केन्द्रीय प्रमुख कमान्डर पुष्प श्रेष्ठ, एमाले धनकुटाका जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाललगायतको सहभागिता थियो।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन फोर्स गठन गरिएको एमाले धनकुटाले जनाएको छ।